
लण्डन,
वेलायतमा बस्ने नेपालीहरूको च्यारीटी सस्था नेपलीज व्रिटीश कम्यूनिटी (NBC UK) ले हालै नेपालको सप्तरी जील्लामा आएको वाडीवाट पिडीतहरूको लागि राहात सहयोग संकलन संचालन गरेको छ। केहि समय देखी लगातार भारी वर्षातका कारण आएको वाडिले सप्तरी जील्लाका केहि गाउहरू डुवानमा परि त्यहाको जन जीवन प्रभावित भई अत्यन्त कष्टकर भएको , जन धनको क्षति भएको , खाने कुरा ,लगाउने लत्ताकपडा देखि बस्ने घर सम्म वाडीले वगाए पछि
स्थानिय वासिन्दाहरू विपतमा परेका छन भन्ने कुरा विभिन्न संचार माध्यमबाट जानकारीमा आएपछि पिडीतहरूको सहयोगको लागि वेलायत वासी नेपालीहरूलाई भाईवर ग्रुपमा समाबेस गरि NBC UK ले सहयोगको लागि हार्दिक अपिल गरेको छ।सस्थाले गरेको सहयोगको यो अभियानमा सहभागिता र समर्थन जनाउदै हालसम्म करिव नगद रू २ लाख संकलन भएको र यो अभियानलाई १५ जुलाई सम्म मात्र संचालन गरिने भएकोले सहयोग गर्न ईच्छुक महानुभावहरूले सो समय पहिले नै NBC UK को तल दिईएको बैक खातामा सहयोग रकम जम्मा गर्नुहुन बेलायत वासी नेपाली जनसमुदायमा हार्दिक अपिल पनि गरेको छ।
स्मरण रहोस वेलायतमा अग्रगतीमा क्रियाशील यो सस्थाले बिगतमा भूकम्प पिडीत, अग्नि पिडीत लाई सहयोग प्रदान गर्नुका साथै अन्य बिभिन्न सामाजीक सास्कृतीक , मनोरन्जनात्मक , खेलकुद लगाएतका रचनात्मक कामहरू गर्दै आईरहेको छ। यसै बिच सामाजीक सेवा लगाएत मनोरन्जन , खेलकुदमा पनि काम गर्ने सस्थाले जुलाई २२ शनिवार मनोरन्जनात्मक कार्यक्रम बृहत सि साईड (Beach) कार्यक्रम र जुलाई २३ आईतवार (Get fit, Have fun, Save lives) भन्ने नाराका साथ Greenford को Perivale Athletic Track मा Helping You भन्ने सस्था संग सहकार्य गर्दै नेपलीज एथलेटिक्स कार्यक्रम आयोजना गरि सबैलाई सहभागि बन्नुहुन हार्दिक अनुरोध गरेको छ।

सहयोगका लागी बैड्क:-
A/C NBC U.K.
A/C:81441701
Sort code: 40-42:28
Bank – HSBC

















