ऊ बोल्छ !

- हेमन्त गिरी उसले के बोल्दैन ? जे पनि बोल्छ ! बच्चा मारेर मैले मारेको हो ? भन्छ ! बच्चा मारेर फेरि देश चलाउँछु भन्छ ! बच्चा मारेर फेरि देश जलाउँछु भन्छ ! ग्यास निकाल्छु भन्छ चल्ला कोरन्छु भन्छ बच्चा मारेको रगत लतपत छ हातभरि ऊ अरुलाई फोहोरी भन्छ ! उसले के भन्दैन ? जे पनि भन्छ...

रहरको शहर

-ललित जोशी लेकुडा, डडेल्धुरा रहरको शहर निक्कै फराकिलो थियो, तर म अभावको गल्लिमा नै अलमलि रहे। रातभरि उज्यालो भर्ने बत्तीहरू देख्थेँ, तर आफ्नै आत्मा अँध्यारोमा चिसिन्थ्यो। सपनाहरू टुक्रिएका सिसाजस्तै, हातमा समात्दा झन् घाउ मात्रै दिंदथे। बाटाहरू खुला थिए, चोकहरू रमाइला, तर मनभित्रका ...

अनेसास कविता महोत्सवका लागि ६७ कविता वाचन हुने !

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा हुने कार्यक्रममा...

घर फर्केको म्यादी

प्रज्वल अधिकारी प्यारीका 'नजानु न !' भनिरहेका आँखाहरूलाई गरिबीको पिडाले भाउन्न हुँदै 'बाउन्न दिन आउन्न !' भनेर घरबाट निस्केर हिँडेको म घर फर्केको छु । मैले देशलाई यो समयमा के कति दिएँ ? देशले मलाई कति माया गर्यो ? छोडिदिनुस यी कुरा । फर्कने बेला केही नोटहरू समाउदै गर्दा मेरा आँखामा एकैचोटी आए-...

गजल

पुष्पराज जोशी/लेकुडा, डंडेल्धुरा चुनाव जिति नेताहरु भाषण ठोक्दैछन भोका नंगा जनताहरु पीडा भोग्दैछन । अबिर, टीका, खादा र गलाभरी माला लगाई जयजयकारमा आसेपासे काँधमा बोक्दैछन । सुशासन र समृद्धिका गुलियो मीठो वचन तिम्ले किन भोट दिएनौ नामै तोक्दैछ्न । चाकरी र चाप्लुसिले खुशी पार्नेहरु होटलहरुमा बियर र मासु...

के मिल्दैन यहाँ

पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा दिन मिल्दैन यहाँ अनि रात मिल्दैन यहाँ सँग-सँगै बस्नलाई औ'कात मिल्दैन यहाँ !! बिजनेसका कुरासँग सुख दु:खका कुरा, धनी अनि गरिबको ''बात'' मिल्दैन यहाँ !! ठुलाको अगाडि हात जोड्नुपर्छ सानाले, हाकिम र पियन बीच 'हात' मिल्दैन यहाँ !!...

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान प्रदान गरिने !

काठमाडौँ। वासु शशी स्मृति परिषद्ले नेपाली साहित्यमा क्रियाशील चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। परिषद्को निर्णय अनुसार वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई ‘वासु शशी साहित्य सम्मान–२०७८’, साहित्यकार राधेश्याम लेकालीलाई ‘वासु शशी साहित्य पुरस्कार–२०७७’, कवि तथा निबन्धकार माेमिलालाई...

म भगवान हुँ भनेर पनि मैलै भन्नुपर्छ ?

जयन्त सोकल नेपाल म बुद्ध जन्मेको देशको मान्छे बुद्ध भट्टि खोलेर भुटन र बुद्द रक्सी बेच्ने मेरो अधिकार हो। त्यहाको भुटन खाने पनि मेरो अधिकार हो। त्यहाको रक्सी पिउने पनि मेरो अधिकार हो। बुद्ध मेरो देशको भन्ने पनि मेरै अधिकार हो। ओए? मेरो गोर्खाली खुकुरी अझै छ। त्यहि खुकुरीले आफ्नै ईज्जतलाई कति...

अनेसास च्याप्टर सम्मेलन बोस्टनमा हुने !

बोस्टन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मे महिनाको २७ र २८ तारिकमा अमेरिकाको बोस्टनमा अनेसास च्याप्टर सम्मेलन गर्ने भएको छ । अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाक...

माफी

प्रदीप रोदन/गोरखा देखेर धर्तिको फुटेको पाउ आकाशको अनुहारमा जन्मिन्छन् बादलहरु बर्षौ पछि परदेशी छोरो फर्किँदा रोएकी बुढी आमा जसरी बढो प्रेमले रुन्छ आकाश, आफ्नो पाउमा खसेको हरेक थोपा आँसुमा धर्तीको मन पलाउँछ र पलाउँछ हरियो जिन्दगी। बगरको सुख्खा छाती देखेर अनवरत सुसाउँछ नदी सोच्छ म पुगुँ कहाँ पुगुँ गन्...