प्रदीप रोदन/ गोरखा उडेका चराहरुको कैद सपना लेख्न सक्छ लेख्न सक्छ एउटा मान्द्रोको बिम्बमा निधार ऊ आफ्नै प्रेयसीको केशलाई तरुनी पहाडको झरनासँग तुलना गर्नसक्छ। उधारेर जिन्दगीको छाती मुटुलाई पत्थर लेख्न सक्छ ऊ या लेखिदिन सक्छ पत्थरको पनि मुटु, मायालाई घाउ लेखिदिन सक्छ, घाउलाई माया लेखिदिन सक्छ। ...





