
पुष्पराज जोशी
रुपाल,लेकुडा
कसैको कसैमा डर भेटिएन, कसैमा भर भेटिएन
यहाँ आफ्नै माता पिताको कसैमा, कदर भेटिएन।
सम्पतिको सामु बारम्बार भरोसाको कुरा गर्नु भो
खै आज सम्म,मात्र भरोसाले चलेको घर भेटिएन।
सानैमा बा-आमा गुरुले सोधेका थे, के बन्छौं तिमी?
धेरै किताबमा खोजेँ, तर पनि यस्को उत्तर भेटिएन।
माया प्रेमको नदीमा डुबेका युवा युवतीहरु,डुबिरहे
प्रेमरूपी माछाले खाएछ, उत्रिएको बगर भेटिएन।
पत्थर सजिलै टुक्रिन तयार हुन्छ, घर बन्न अरूको
त्यै घर भत्काउने,मान्छेभन्दा कठोर,पत्थर भेटिएन।















