
-ललित जोशी
लेकुडा, डडेल्धुरा
रहरको शहर निक्कै फराकिलो थियो,
तर म अभावको गल्लिमा नै अलमलि रहे।
रातभरि उज्यालो भर्ने बत्तीहरू देख्थेँ,
तर आफ्नै आत्मा अँध्यारोमा चिसिन्थ्यो।
सपनाहरू टुक्रिएका सिसाजस्तै,
हातमा समात्दा झन् घाउ मात्रै दिंदथे।
बाटाहरू खुला थिए, चोकहरू रमाइला,
तर मनभित्रका ढोका बन्दै बन्द भए।
हासो र रङ्गले सजिएको त्यो शहरमा पनि,
म त खालीपनको कोठामा मात्र बसिरहे।
शायद कुनै बिहान
यो अभावको गल्लीबाट निस्केर,
म पनि त्यो फराकिलो शहरमा
आफ्नो कदम कोर्नेछु।
















