ऊ बोल्छ !

– हेमन्त गिरी

उसले के बोल्दैन ?
जे पनि बोल्छ !
बच्चा मारेर
मैले मारेको हो ? भन्छ !

बच्चा मारेर
फेरि देश चलाउँछु भन्छ !
बच्चा मारेर
फेरि देश जलाउँछु भन्छ !

ग्यास निकाल्छु भन्छ
चल्ला कोरन्छु भन्छ
बच्चा मारेको रगत
लतपत छ हातभरि
ऊ अरुलाई फोहोरी भन्छ !

उसले के भन्दैन ?
जे पनि भन्छ जसो पनि भन्छ
जे जे भन्छ
बस्, बच्चा मारेर भन्छ !

उसले बच्चा मारेको दिन
गोहीको आँशु रोएकाहरुले
नक्कली मैनबत्ती बालेकाहरुले
पत्याउँछन्, प्रचार गर्छन्, त्यसैले बोल्छ !

नाँगो उभिएको देखेर
रमाइरमाइ हेर्ने ननाँगाहरु देखेपछि
नाँगो मच्ची मच्ची नाच्न थाल्छ !

समाज बुझेर होला
ऊ जे पनि बोल्छ जसो पनि बोल्छ
बच्चा मारेर ऊ
बडो निर्धक्कसंग बोल्छ !!

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार