अनेसास च्याप्टर सम्मेलन बोस्टनमा हुने !

बोस्टन।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मे महिनाको २७ र २८ तारिकमा अमेरिकाको बोस्टनमा अनेसास च्याप्टर सम्मेलन गर्ने भएको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा तयारी समिति पनि गठन गरेको छ ।

समितिले च्याप्टरका पदाधिकारिहरूलाई प्रारम्मिक चरणको तयारी सम्बन्धि जानकारी गराउने र कार्य योजना तय गर्ने जिम्मा पाएको छ ।

कोरोना कहरका कारण अध्यक्ष पौडेलको नेतृत्वमा रहेको कार्यसमितिले खुल्ला रूपमा गर्न लागेको यो पहिलो सम्मेलन हुनेछ ।

विश्वभर रहेका अनेसास च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने यो सम्मेलन च्याप्टर सम्मेलनको चौथो संस्करण हुनेछ ।

सम्मेलनमा अनेसास च्याप्टर र केन्द बिचका योजना र कार्यक्रमबारे छलफल हुनुका साथै नेपाली साहित्यका बारेमा विचार विमर्श र कवि गोष्ठी गरिने छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार