जर्मनीको मुन्स्टर सहरमा पैदलयात्रीमाथि भ्यान जोत्दा कयौ हताहत, कम्तिमा ३० जना घाइते

जर्मनीको मुन्स्टर सहरमा पैदलयात्रीमाथि भ्यान जोत्दा कयौ मान्छेहरु हताहत भएका छन्। पैदलयात्रीहरुमाथि भ्यान कुदाएलगत्तै भ्यानका चालकले आत्महत्या गरेको खबर छ।

पश्चिम जर्मनीको मुन्स्टर शहरमा भएको सो घटनामा मृत्यु हुनेको संख्या यकिन नभएतापनि कम्तिमा ३० जना घाइते भएको खबर छ, जसमा केहीको अवस्था चिन्ताजनक रहेको बुझिएको छ। प्रहरीले घटना र थप संदिग्धको खोजि कार्य गरिरहेको छ। अहिले घटना भएको सो क्षेत्रमा आवतजावत बन्द गरिएको छ।

यसघि डिसेम्बर २०१६ मा जर्मनीको राजधानी बर्लिनमा क्रिसमस बजारमा एक लरीले भिडभाडमा मेला भर्ना आएका मान्छेहरुमा जोत्दा १२ जनाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार