मनोज भट्टराई , लिस्बन।
गैर आवासीय नेपाली संघ पाेर्तुगलकाे अायाेजनामा लिस्बनमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंका लागि पाेर्तुगिस् अबैतानिक वाणिज्य दुत, पुर्व सभासद तथा व्यावसायि राजेन्द्र खेतानसंग पाेर्तुगलमा रहेका नेपालीले अाफ्नाे पाेर्तुगल बसाइँका समस्या र अनुभव सुनाएका थिए।

कार्यक्रममा बाेल्ने अधिकांस नेपालीले पाेर्तुगलमा नेपाली राजदुतावास र नेपालमा पाेर्तुगिस राजदुतावास नहुदाका अफ्ट्यारो र असहजता बारेमा गुनासो राखेका थिए।
परिवार मिलनका लागि गरिने प्रकृया लागि पटकपटक दिल्ली जानुपर्ने बाध्यता अनि अनावश्यक खर्चको बाेझ धान्न बाध्य भएको सुनाएका थिए।
कमसेकम काठमाडौंमा VFS अफिस राख्न पहल गर्न गरेको अनुराेधमा खेतानले भने- “तपाईंहरुकाे समस्या म महसुस गर्न सक्छु, मेराे अधिकार क्षेत्रले दिनेसम्म पहल गर्नेछु। ”
कार्यक्रम गैर आवासीय नेपाली संघ पाेर्तुगलका अध्यक्ष कुबेर कार्कीको सभापतित्व र काठमाडौंका लागि पाेर्तुगिस् अबैतानिक वाणिज्य दुत राजेन्द्र खेतानको प्रमुख अाथित्यमा सम्पन्न भएको थियोे !
















