पूजाले साइन गरिन् बाहिरी ब्यानरको नयाँ फिल्म, जाेडी काे ?

काठमाणडाै । नायिका तथा निर्मात्री पूजा शर्माले नयाँ चलचित्रमा साइन गरेकी छिन् । लामो समयदेखि सुदर्शन थापाको चलचित्र बाहेक अन्य चलचित्रमा काम नगकी पूजाले यसपटक भने सुदर्शनको भन्दा बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी हुन् ।


सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्ने याे चलचित्रको नाम फाइनल भैसकेको छैन । चलचित्रमा नायक दयाहाङ राई र पूजाको जोडीकाे रूपमा देखिने संभावना धेरै देखिएकाे छ ।

अन्तरजातिय प्रेमको कथालाई उठान गर्ने याे चलचित्रका लागि पूजाले महंगो पारिश्रमिक लिएकी खबर अाएकाे छ। चलचित्रको ७० प्रतिशत छायांकन भने अमेरिकामा हुनेछ ।

सुदर्शन थापा र पूजाले मिलेर निर्माण गरेको नयाँ चलचित्र ‘रामकहानी’ भदौ २२ गते रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार