कलाकार हरिवंश आचार्य बने हजुरबुवा, नाती भेट्न अमेरिका जाने तयारीमा


आफुले निमार्ण गरेको चलचित्र शत्रुगतेले ५१औ दिन मनाएको खुसियालीकाबीच हरिवंशलाई अर्को खुसी थपिएको छ ।

शनिबार कलाकार हरिवंश आचार्यका छोरा त्रिलोक आचार्यलाई पुत्रलाभ भएपछि आफु हजुरबुवा बन्न पाएको आचार्य निक्कै खुसी छन ।

शनिबार आफु ५१ दिनको उत्सवमा सहभागी भइरहँदा अमेरिकाबाट छोरा त्रिलोकले हरिवंशलाई फोन गरेर आफु बाबु बनेको खबर दिएका थिए ।
छोराको फोन सकिनासाथ सबैलाई हजुरबुवा बनेको खबर सुनाएका हरिवंशले भावुक हुदै भनेका थिए
‘हजुरबा हुँदा पनि बाबु बन्दाको जस्तै खुशी लाग्दो रहेछ ।

अमेरिकी युवती जोयसँग बिवहा गरेर लामो समयदेखि अमेरिकामा बस्दै आएका त्रिलोक गतबर्ष आफ्नी श्रीमतिलाई लिएर कान्छो भाईको बिहेका लागी नेपाल आएका थिए।

त्रिलोक र जोय अमेरिकाको बोस्टनमा बस्छन् । आचार्य दम्पती छिट्टै नाती भेटन अमेरिका जाने तयारीमा छन ।

77

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार