बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जीङ शेर्पालाई पोर्तुगलमा स्वागत तथा भेटघाट

– पेम्बा गेलु शेर्पा

शेर्पा सोसाईटी पोर्तुगलले बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जीङ शेर्पालाई पोर्तुगलमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौंको बौद्ध तीनचुली स्थित सेतो गुम्बाका प्रिन्सिपल र शेर्पा किदुग मलेसियाका समेत संरक्षक रहनुभएका आचार्य शेर्पाको स्वागत र भेटघाटका लागि शेर्पा सोसाईटी पोर्तुगलले आईताबार पोर्तुगलको लिस्बनमा एक कार्यक्रमको आयोजना गरेको हो । सोही क्रममा आचार्य शेर्पाले तयार गर्नुभएको बौद्ध धर्मसम्बन्धी वृतचित्र समेत प्रस्तुत गरिएको छ । साथै कार्यक्रममा हालै दिवंगत हुनभएका नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष स्व. नरभुपाल राईको आत्मको चीर शान्तिको लागि धार्मिक पुजापाठ पनि गरिएको थियो ।

कार्यक्रममा पोर्तुगलका लागि नेपाली पर्यटनदुत रमेशकुमार गुरुङ, एनआरएन पोर्तुगलका अध्यक्ष कबेर कार्की, नारी समाज पोर्तुगलका अध्यक्ष सीता बराल, पत्रकार महासंघ यूरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल, अन्तराष्ट्रिय नेपाली समाज पोर्तुगलका अध्यक्ष धनराज शेर्पा, एनआरएन पोर्तुगलका निवर्तमान महासचिव सोमफुरी शेर्पा, तामाङ समाज पोर्तुगलका अध्यक्ष सुनिता ब्लोन लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार