एन आर एन ए युरोप भेला र एन आर एन ए का तीन धार ब्रह्मा, विष्णु,महेश्वर

युरोपमा एन आर एन ए को भेला तयारी अन्तिममा स्टेजमा भएको बताइन्छ। यो भेलाले अक्टोबरमा हुने संघको विश्व सम्मेलन र स्थानिय रुपमा हुँदै र भएका एन आर एन ए एनसीसी निर्वाचनलाइ पनि प्रभाव पार्ने अनुमान गरिन्छ। अझै भन्नुपर्दा भेला सामान्य भेला भनिन्दैन एन आर एन ए का तीन धार संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जीवा लामिछाने र वर्तमान अध्यक्ष डा शेष घले धारले को कसलाई अगाडि बढाउने हो संकेत मिल्ने अनुमान गरिएको छ।
राजेन्द्रजी को भाषामा: यसलाई प्रि विश्व सम्मेलन भन्दा पनि हुन्छ । अब हुनेछ एन आर एन ए तीन धार ब्रह्मा, विष्णु, महेश्वरको शक्तिस्वरुप बनेका एन आर एन ए का हस्ती संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पुर्व अध्यक्ष जीबा लामिछाने, वर्तमान अध्यक्ष डा. घले संस्थाको हितको लागी सहकार्य र सहमति मार्गमा आई नेतृत्वलाई चुन्ने छन या आफ्नो–आफ्नो शक्ति कित्तामा उभिने छन प्रश्न?

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार