रेखाकाे ‘मालिका’ को छायाङकन जाजरकोटको दरबारमा

काठमाडौँ । नायिका तथा निर्मात्री रेखा थापाको फिल्म ‘मालिका’ को छायाङकन भइरहेको छ ।

रेखाको निर्माण र निर्देशनमा उक्त फिल्मको केही दिनदेखि जाजरकोटको दरबारमा गीतको छायाङ्कन भएको हो ।काठमाण्डौबाट सुरु भएर कोहलपुर हुँदै जाजरकोटमा छायाङ्कन भइरहेकाे रेखाले जानकारी दिएकाे छ । फिल्मको सम्पूर्ण छायाङ्कन अबको दश दिनमा सकिने रेखाले बताइन् ।

चलचित्रको गीतमा जाजरकोट दरबारमा जिल्लाको स्थानीय भेष–भूषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर भइरहेको छ। फिल्म तिहारको लक्ष्मीपूजाकाे दिन रिलिज हुने भएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार