जाह्न्वीले बताइन् आमा श्रीदेवीको साथमा विताएको त्यो आखिरी रातको कहानी,


मुम्बई – श्रीदेवीको मृत्यु पछि सबभन्दा बढी यो कुराको चर्चा भयो कि उनले आफ्नी छोरीलाई स्क्रीनमा देख्न पाइनन् ।

तर यो कुरा गलत हो । फेशन म्यागजिनको लागि गरिएको फोटोशूट पछि जाह्न्वीले एक अन्तवार्तामा यो कुरा बताइन् । उनले बताइन् उनकी आमाले चलचित्र ‘धडक’ को २५ मिनेटको फुटेज हेरेकि थिइन् । जाह्नवीले भनिन् चलचित्रको फुटेज हेरेपछि उनले छोरीलाई स्पेशल टिप्स पनि दिएकी थिइन् । जाह्न्वीसँग प्रोड्युसर करन जौहरले कुराकानी गरेका छन् । स्क्रीनमा देखेपछि उनले भनेकी थिइन् तिम्रो मस्कारा फैलिएको छ ।

जाह्न्वी कपूरले पहिलो पटक आमाको बारेमा धेरै कुरा शेयर गरिन् । करन जौहरलाई दिएको अन्तवार्तामा उनले बताइन् आमाले पहिलो पटक मलाई स्क्रीनमा देखेर भन्नुभएको थियो ‘तिम्रो मस्कारा फैलिएको छ । जसले तिमीलाई पनि डिस्टर्ब गरिरहेको छ ।’ जाह्न्बीले अन्तवार्तामा बताइन् दुबई जानु भन्दा पहिला उनले आफ्नी आमासँग समय बिताउन पाएकी थिइनन् । जसको उनलाई पुरै जिन्दगीभर अफसोस रहनेछ ।

उनले भनिन् पूरा दिन शूटमा हुनाले घरमा आमासँग एकदमै ढिलो मात्र भेट्न पाएकी थिइन् । जाह्न्वीले भनिन् हमेशा आमाले नै सुताउने गर्नुहुन्थ्यो । उनले त्यो रात पनि आमालाई सुताउन भनिन् तर विवाहमा जाने तयारीले वहाँ धेरै व्यस्त हुनुहुन्थ्यो ।

यसको वावजूत पनि उनकी आमा राती अबेर उनको कोठामा आएकी थिइन् । निद्रामा पनि उनले आफ्नो शिरमा आफ्नी आमाको हात महसुस गरेकी थिइन् । जाह्न्बीले बताइन् उनले लन्डनको स्कुलमा अभिनयको अध्ययन गरेकी हुन् ।

उनलाई त्यहाँ पहिलो पटक छोड्दा उनकी आमाले भनेकी थिइन् कमललाई हिलोमा छोड्दै छु । यसको मतलब यो थियो कि उनी आफ्नी छोरीलाई फिल्मी दुनियाँमा देख्न चाहन्नथिन् । जाह्न्बीले अन्तवार्तामा बताइन् कि उनी जब विहान उठ्थिन् सबभन्दा पहिला आमाको बारेमा सोध्थीन् ।

उनकी आमा हमेशा उनलाई लिएर चिन्तित हुन्थिन् । उनी आमाको सबभन्दा नजिक थिइन् । आमाको मृत्यु पछि अहिले उनकी बहिनीले उनको पूरै ख्याल राख्छिन् । अहिले आमाको सट्टामा उनले नै उनलाई सुताउँछिन् । जाह्न्बी चलचित्र ‘धडक’ बाट चलचित्रमा डेब्यू गर्दैछिन् । धर्मा प्रोडक्सनमा बनेको यो चलचित्र यही वर्ष जुलाईमा रिलीज हुनेछ |,-फिल्मी खबर बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार