ओपन नेपाली कन्सर्टमा स्टेज तताउन लण्डन आइपुगे सागर आले र मिना लामा

लन्डन- नेपाल आइडल टप फोर नवगायक सागर आले र गायिका मीना लामा लण्डन आइपुगेका छन् ।

फार्नब्रोको फार्नब्रो फुटबल क्लव मैदानमा यही शनिबार (जुन ९ तारिख) हुने नेपाली ओपन कन्सर्टमा सहभागी हुन सागर आले सहित मिना लामा हिथ्रो विमानस्थलमा उत्रिए ।

उनीहरुलाई स्वागत गर्न संघका अध्यक्ष नेम थापा मगर ,महासचिब लाल बहादुर पुन , एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी , नेत्र आले, शान्ति थापा कुँवर , मिसन युथ को अडीनेटर सरु गुरुङ राना मगर ,वेमब्ली मगर महिला प्रेजर पदमा राना मगर लगायत दर्जनौ विमानस्थल पुगेका थिए ।

कार्यक्रममा सागर आले सहित अहिलेकी चर्चित गायिका एबम बेली डान्सर प्रिती आले ,लोकगायक विमलराज क्षेत्री, इन्द्रेणी कार्यक्रमकी सञ्चालक समेत रहेकी गायिका मीना लामाको प्रस्तुति रहनेछ ।

कार्यक्रममा करिब ३ देखि ५ हजार दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टका लागि जुनियर र सिनियर सिटिजनका लागि १० पाउण्ड, अग्रिम बुकिङमा १२ पाउण्ड र सोही दिन किन्दा १५ पाउण्ड तोकिएको छ ।

आयोजकले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न बिशेष आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार