मेसी भन्छन् अर्जेन्टिनाले विश्वकप जित्दैन, भविष्य भगवानको हातमा !


अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तरराष्ट्रिय खेलमा आफ्नो भविष्य रूसमा हुने विश्वकपमा देशको प्रदर्शनमा निर्भर रहेको बताएका छन् ।मेसीले स्पेनको डेली स्पोर्ट्ससँग कुरा गर्दै भनेका छन्, ‘मेरो अन्तरराष्ट्रिय करिअरको भविष्य रुसमा हुने विश्वकपमा देशले गर्ने प्रदर्शनमा निर्भर हुनेछ । हामी विश्वकप कसरी टुंग्याउँछौँ, त्यसैमा मेरो भविष्य पनि अडिएको छ ।बार्सिलोनाका यी फरवर्डले आफूहरुले लगातार तीन पटक फाइनल गुमाइसकेको पनि स्मरण गरे । हामीले लगातार तीन फाइनल गुमाइसकेका छौँ ।

जसकाकारण मिडियासँग हामीले एकदमै कठिन अवस्थाको सामना गर्नुपरिरहेको छ ।मेसीले अझ अर्जेन्टिनाका सञ्चारमाध्‍यमसँग त आफूहरुको सम्बन्ध राम्रो हुन नसकेको बताएका छन् । विशेषगरी अर्जेन्टिनाका सञ्चारमाध्यमसँग हाम्रो सम्बन्ध राम्रो रहेन । हामीले गुमाएका तीन फाइनलले कति महत्वपूर्ण अर्थ राख्छन् भन्ने कुरालाई लिएर हाम्रो दृष्टिकोणमा गहिरो मतभेद छ ।

अर्जेन्टिनाको टिमले सन् २०१४ मा विश्व कप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा १-० ले नतिजा सुम्पिएको थियो । त्यसपछि सन् २०१५ र २०१६ मा कोपा अमेरिका कपको उपाधि पनि पेनल्टी सुटआउटमा गुमाउँदै अर्जेन्टिना नमिठो पीडाबाट गुज्रिएको छ ।विश्वकपका क्रममा ३१ वर्ष पुग्न लागेका मेसीले स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियमलाई यो विश्वकपको उपाधि दाबेदार सूचीमा राखेका छन् । तर उनले अर्जेन्टिनाको उपाधि दाबेदारीबारे केही बोलेका छैनन् ।अर्जेन्टिनाको टिमले विश्वकपको आफ्नो यात्रा मस्कोमा शनिवार आइसल्यान्डविरुद्ध सुरु गर्दैछ । त्यसपछि अर्जेन्टिनाले ग्रुप डीको अन्य खेलमा क्रोएसिया र नाइजेरियासँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार