
काठमाडौं । रसियामा जारी विश्वकपमा अहिले स्वीडेन र साउथ कोरियाबीच खेल सुरु भएको छ । विश्वकपको पाँचौं दिनको यो पहिलो खेल हो । निझ्नी नोभ्गोरोड स्टेडियममा भईरहेको यो खेल नेपाली समय अनुसार ५ः ४५ बजेबाट सुरु भएको हो ।
चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै स्वीडेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
११ पटक विश्वकप खेलेको स्वीडेनले १९५८ को विश्वकप फाइनलमा ब्राजिलसँग पराजित भएको छ । अहिलेसम्म तीन पटक सेमिफाइनलमा पराजित भएको स्वीडेन यो पटक उत्कृष्ट गर्ने दाउमा छ ।
सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औँ विश्वकप सहभागिता हो । सन् २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।
सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो । यसपटक दक्षिण कोरिया नक आउट सम्म पुग्ने टार्गेट छ ।
















