विश्वकप २०१८: पानामाविरुद्ध वेल्जियमको ० -१ गोलको अग्रता


ठमाडौं । रसियामा जारी विश्वकप २०१८को आज पाँच औं दिन हो । वेल्जियम र पानामाबीच भइरहेको खेलमा दोश्रो हाफमा वेल्जियम भर्सेस पानामाबीच वेल्जियमले एक गोल गरेको छ।

वेल्जियमको डस माटेनसले एक गोल हानेको हो । आजको दोस्रो खेल वेल्जियम र पानाबीच भइरहेको छ । वेल्जियमको थमस मेनेयर र पानाको एरिक डेविस ले पहेँलो कार्ड पाएको थियो ।

आजको पहिले खेलमा स्वीडेनले दक्षिण कोरियालाई १(० गोलले हराएको थियो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । यो समूहको बलियो टोली बेल्जियम हो । ब्राजिल विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अजेन्टिनासँग १–० ले पराजित भएको थियो ।

विश्वकपमा छनोट भएपछि एक दिन राष्ट्रिय बिदा नै मनाइएको मानामा यो विश्वकपको नयाँ टिम हो । सानो देश पानामा फिफा वरियतामा ५५ औँ स्थानमा छ । अन्तिम क्वालिफायरमा कोस्टारिकालाई हराएपछि पानामाले विश्वकपमा स्थान बनायो । विश्वकपसम्म आइपुग्न पानामाका लागि हर्षको विषय भए पनि पानामा समुह चरण भन्दा माथि उठ्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार