
फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । जापान र कोलम्बियाबीच १ – १ ले बराबरी भएको छ । कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गोल गरेको हो। जापानको शिंजी कागावाले पेनाल्टीमा १ गोल गरेको थियो । जापान र कोलम्बियाबीच खेल भइरहेको छ । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो । कोलम्बिया जेम्स रोड्रिगेज, फाल्काओ जस्ता विश्वकपबाट उदाएका खेलाडीहरुको अनुभव लिएर मैदानमा उत्रिनेछ । कोलम्बिया विरुद्ध जितका लागि उभिएको छ जापान ।
जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । तर जापानको विश्वकप सहभागिता सहभागितामात्रै सीमित बनिरहेको अवस्थामा यो पटक भने जापान जितको खोजीमा पक्कै छ । जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको छ । तीन खेल बराबरी गरेको छ । १० खेलमा पराजित भएको छ । तुलनात्मक रुपमा जापान भन्दा कोलम्वियाको बलियो र अनुभवी राष्ट्र हो । यी दुईको खेल नेपाली समय अनुसार पौने ६ बजे मार्डोभिया एरेनामा हुनेछ ।
















