बार्सिलोनाका स्ट्राइकर स्वारेज आजको खेलका प्रमुख खेलाडी


समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले आज समूह चरणको दोस्रो खेलमा एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियाको सामना गर्दैछ । अरेबिया रोस्तोभ एरेनामा राति पौने ९ बजे हुने खेलमा दुबै टिम जितको लागि खेल्ने देखिएको छ । पहिलो खेलमा विजयी भएको उरुग्वेलाई केहि राहत भए पनि साउदी अरेबिया घरेलु टोली रुससँग ५–० को फराकिलो हार अन्तरलाई बिर्सिएर नयाँ सुरुवात गर्ने दाउमा रहेको छ ।

पहिलो खेलमा इजिप्टलाई हराउन उरुग्वले ठूलै मिहेनत ग र्नुपरेको थियो । पहिलो खेलमा उरुग्वेले बल नियन्त्रण लिएपनि पोस्ट प्रहारमा उरुग्वेले ध्यान दिन सकेन र खेल गुमाउन पुगेको थियो । । पहिलो खेलमा गोल गर्न नसकेका बार्सिलोनाका स्ट्राइकर स्वारेज आजको खेलका प्रमुख खेलाडी रहेका छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार