
काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत दोस्रो चरणको खेलमा साउदी अरेविया विरुद्ध ऊरुग्वेले जित हाँसिल गरेको छ । ऊरुग्वेले साउदी अरेविया बिरुद्ध १–० गोल गर्दै जित हाँसिल गरेको हो । खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै ऊरुग्वेले पहिलो गोल गरेको थियो ।
खेलको पहिलो हाफबाटै साउदी अरेवियाले आक्रमक खेल खेले पनि कुनै गोल गर्न सकेन । समूह ए अन्र्तगतको पहिलो खेलमा रसियाले साउदी अरेविया बिरुद्ध ५ गोल गरेको थियो । लगातार २ खेलमा हारसँगै साउदी अरेबिया समूह चरणबाटै बाहिरिएको छ।
ईरान भर्सेस स्पेन
समुह विको शीर्षस्थानमा रहेको तथा पाँचौ विश्वकप खेलिरहेको ईरानले विश्वकपको समुह चरणको आफनो पहिलो खेलमा मोरोक्को विरुद्ध जित निकालेको थियो ।
आजको खेलमा पनि जित निकाल्दै इरान अन्तिम १६ मा आफनो स्थान बलियो बनाउन चाहन्छ । तर उसलाई आजको खेलमा जित निकाल्न त्यक्ति सजिलो भने पक्कै छैन किनभने उनको प्रतिद्धन्द्धमा उभिएको छ स्पेन । स्पेन, « ईरानका लागी भारी बन्न सक्ने सम्भावना प्रशस्त छ । कलात्मक फुटबलका लागि विश्वभर चर्चित बनेको स्पेनले पहिलो खेलमा पोर्चुगल सग तीन तीन गोलको बराबरीमा रोकिदै एक अंक कमाएको छ । यी दुईको खेल नेपाली सयम अनुसार पौने १२ बजे काजान एरेनामा हुनेछ ।
















