विश्वकप २०१८:जापान र सेनेगल 2 – 2 को बाराबरीमा

काठमाडौं। २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको १ – १ को बाराबरी भएकाे छ । सेनेगलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल गरेका थिए । जापनकाे टाकासि इनुले (Takashi Inui) ले ३४ अाैँ मिनेटमा एक गाेल गरेकाे हाे ।

खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु भएको हो। जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट खेल पस्केको थियो। तर जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई अपेक्षाकृत दबावमा राख्न सकेन। पहिलो खेलमा हात पारेको ३ अंकले जापानको आत्मविश्वास बढेको छ।

पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको सेनेगल जारी विश्वकपमा लयमा देखिएको अफ्रिकन टिम हो। जापान विरुद्ध जित हात पारे सेनेगलको अन्तिम १६ को यात्रा सहज हुनेछ।

जापानका प्रशिक्षक निशिनोले कोलम्बिया विरुद्ध मैदान उत्रिएको टिमलाई नै सेनेगल विरुद्ध उतार्न सक्छन्। यसपटक पनि केइसुके होन्डा बेन्चमा हुने अनुमान छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार