काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’मा आज नेपाली समय अनुसार ७ः ४५ बजे सुरु भएको खेलमा उरुग्वेले जित हाँसिल गरेको छ । रसिया विरुद्ध उरुग्वेले ०-३ गोल गर्दै जित हाँसिल गरेको हो । खेल सुरु भएको १० औं मिनेट जाँदा उरुग्वेले डिबक्स भन्दा कही इन्च बाहिर पाएको फ्रिकीकको राम्रो मौकालाई लुइस सुआरेजले शान्दार गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए ।

त्यस्तै खेलको २३ औं मिनेटमा डि लक्सलीटले टिमका लागि दोस्रो गोल गर्न सफल भए । डिबक्स बाहिरबाट दोस्रो बार च्यापेर गरेको आकर्षक प्रहार गोलमा परीणत भएपछि खेलमा उरुग्वे हावि देखिएको थियो ।
साथै खेलको अन्त्यमा आएर इडिनसन काभानीले अन्तिम गोल गर्न सफल भए । उनले खेलको ९० औं मिनेट जाँदा गोल गर्न सफल भएका हुन् ।
तर रसियाले भने कुनै पनि गोल गर्न सफल भएन । उरुग्वे र रसियाबीच नेपाली समय अनुसार ७ः४५ बजे सामारा एरेनामा खेल सुरु भएको थियो ।
















