पोर्चुगलमा तीजको गीत छायांकन हुँदै

फुर्बान रायमाझी, पोर्चुगल |

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा पोर्चुगलमा पहिलो पटक तीजको गीत छायांकन हुँदैछ।

बिगत तीन बर्षयता पोर्चुगलमा बसोबास गर्दै आउनुभएका गायक शम्भु सिलवालको तीजको गीत “चर्चा” यहाँस्थित बेलाभिस्टा पार्कमा जुलाई ८ तारिक छायांकन हुन लागेको जानकारी गायक सिलवालले गराएका छन।

संगीता थापाको प्रस्तुतीमा रहेको उक्त गीतमा परदेशी गायक सुर्य खड्काको लय,शम्भु सिलवालको शब्द सुन्न पाइनेछ भने सिलवाललाई स्वरमा चर्चित गायिका पुर्णकला बिसीले साथ दिएकी छिन।गीत हमाल म्युजिक प्रालिले बजारमा ल्याउँदैछ।

गायक सिलवालले पोर्चुगलमा भएका दिदीबहिनीहरुलाई समेटेर भिडियो बनाउन लागिएकाले सम्पुर्ण दिदीबहिनीहरुलाई सो छायांकन कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार