मरिच का बिरुवाहरूको मूल स्थान दक्षिण भारत मानिन्छ। भारत बाहिर इन्डोनेशिया, बोर्नियो, इन्डोचीन, मलेशिया, श्रीलंका र स्याम इत्यादि देशहरूमा पनि यसको खेती गरिन्छ। विश्वप्रसिद्ध भारतीय गरम मसलाहरूमा, ऐतिहासिक र आर्थिक दुवै दृष्टिहरू ले, मरिचको धेरै नै महत्वपूर्ण स्थान छ। आयुर्वेदिक ग्रन्थहरूमा यसको वर्णन र उपयोग प्राचीन काल देखिनै चलि आइरहेको छ। ग्रीस, रोम, पोर्चुगल इत्यादि संसारको विभिन्न देशहरूमा सहस्रौं वर्ष पुराना इतिहासमा पनि यसको वर्णन भेटिन्छ। १५औं शताब्दीमा भास्को-डि-गामा द्वारा समुद्रमार्ग देखि भारतको सुप्रसिद्ध मलाबारको तटवर्ती इलाकाको खोजको मुख्य कारणमा पनि मरिचको व्यापारको आर्थिक महत्व नै थियो।

मरिच स्वास्थ्यको लागि यस्तो फाइदाजनक छ
कपाल दुखेमा
गाईको घिउ पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
आधा टाउको दुखेमा
मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्टीको कपाल दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
रुघाखोकी लागेमा
१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
२५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
कफ र खोकी लागेको रोगमा
१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
हिक्क आउनेमा
हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।
कफ जमेर गाह्रो भएमा
फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
फियो बढेमा
कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
आँखामा रतन्धो भएमा
दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
आँखाको कुनैपनि रोगमा
गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।
घाँटी सुनिएमा, टंसिल बढेकोमा
पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।
अंग नचलेमा वा पक्षघात भएमा
मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
दाँत दुख्ने रोगमा
मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
शरीर सुनिएकोमा
मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
चिसोले कपाल दुखेमा
मरिच र दालचिनीको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
औलोको ज्वरोमा
नीमको बोक्रा , कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
पुरानो खोकीमा
सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
भोक जगाउन
१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
दम खोकीमा
आधा चम्चा दालचिनीको धूलो , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
अण्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
अजीर्ण (खाएको नपच्ने) भएमा
छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
दाँत कीराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।-विकिपीडियाबाट
















