विश्वकपमा यस कारण मेस्सी, रोनाल्डो, नेयमार निलम्बित हुन सक्ने !

रुस विश्वकप अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरु हुँदैछन् ।नकआउट चरण अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ भने दोस्रो खेलमा उरुग्वे र पोर्चुगल आमनेसामने हुँदैछन् ।नकआउट चरणमा प्रवेश गरेसँगै आब टीमहरुको नजर फाइनमा पुग्ने हुनेछ । तर फाइनल भीडन्त भन्दा पहिला वर्ल्ड कपका दाबेदार टीमका खेलाडीहरुलाई फिफाको एक नियमले समस्या पर्ने देखिएको छ ।फाइनको लामो यात्रा तय गर्नुभन्दा पहिला केही स्टार खेलाडिमाथि निलम्बनको खतरा छ । जसमध्ये अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार जस्ता स्टार खेलाडी पनि छन् ।

के हो नियम ?

फिल्म विश्व कप खेलको नियम अनुसार क्वार्टर फाइनल भन्दा पहिला यदी खेलाडिले दुई ‘एल्लो कार्ड’ पाए भने आघिल्लो एक खेलका लागि उनीहरु निलम्बित हुनेछन् । यदी क्वार्टर फाइनल पछि रेफ्रीबाट दोस्रो पटक एल्लो कार्ड बुक भएको खण्डमा सेमिफाइनल खेल गुमाउनु पर्ने हुन्छ ।यसको अर्थ कुनै पनि खेलाडी निलम्बनको खतराका साथ सेमिफाइनलमा जान चाहँदैन, जसका कारण उसलाई फाइन खेलबाट निलम्बन हुन परोस् ।

अर्जेन्टिनाका स्टार मेस्सीलाई ग्रुप खेलमा नाइजेरियाका विरुद्ध अन्तिम मिनेटमा समय बढी लिएको भन्दै रेफ्रीले पहेलो कार्ड दिएका थिए । मेस्सी सहित अर्जेन्टिनाका पाँच खेलाडीले पनि पहेलो कार्ड पाएका छन् । यदी फ्रान्सलाई अर्जेन्टिनाले जित्यो र यसअघि कार्ड पाएका महत्वपूण कुनै खेलाडीले आजको खेलमा पनि कार्ड पाएको खण्डमा क्वार्टर फाइनलमा उनीहरुलाई समस्या पर्ने छ ।

त्यस्तै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि इरानसँगको खेलका क्रममा एल्लो कार्ड पाएका थिए ।उरुग्वेसँगको खेलमा एल्लो कार्ड नपाएको खण्डमा र जीतेको खण्डमा मात्र रोनाल्डो आगामी खेलमा सहभागी हुन पाउने छन् । त्यस्ते ब्राजिलका नेयमार, कौटिन्होलगायतका खेलाडीले पनि एउटा एल्लो कार्ड पाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार