ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

१६ असार, काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।

विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन ।

डा. चक्रराज पाण्डेका अनुसार हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थियो । भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गरिएको थियो ।
लगतै आफैं घुमेर छतमा खसेको छ । होलिकोप्टरका चालक सकुशल रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार