लिस्बोन । नेपाली नारी समाज पोर्तुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) पोर्तुगल को संयुक्त आयोजनामा पोर्तुगलको राजधानी लिस्बोनमा आज बाल चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । राजधानी लिस्बोनको आन्जुसस्थित एभरेष्ट रेस्टुरेन्टको हलमा सम्पन्न उक्त प्रतियोगिताहरुमा तीस भन्दा बढी नेपाली बालबालिकाहरु सहभागी थिए ।

आजै दुवै प्रतियोगिता नतिजा प्रकाशित गरि पुरस्कार समेत बितरण गरिएको थियोे ।

चित्रकला प्रतियोगिता दुई समुहमा गराइएको थियो, दसबर्ष मुनि र दसबर्षदेखि अठार बर्ष बीचको छुट्टाछुट्टै प्रतियोगीहरुबाट उत्कृष्ट हुनेहरूलाई बिजयी घोषित गरि पुरस्कार दिइएको थियो । दसबर्ष मुनि समुहमा सदिक्षा पौडेल प्रथम, प्रशान्त पौडेल द्वितीय निर्जल पौडेल तृतीय घोषित भए । यस्तै दसबर्षमाथि समुहमा मानस्वी खरेल प्रथम, लिसन कोइराला द्वितीय, बर्षा पौडेल तृतीय र लेसन कोइरालाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
चित्रकार बिजय गुरुङ, चित्रकार तथा संगीतकार सुनिल परियार र ध्रुव घिमिरे चित्रकला प्रतियोगितामा निर्णायक रहेका थिए।

पुरस्कार बितरण समारोहमा नेपाल पर्यटनबोर्ड दुत रमेशकुमार गुरुङ, एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्की, अनेसास पोर्तुगलका अध्यक्ष वाइबी गुरुङ,नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल लगायत विभिन्न सामाजिक, राजनैतिक, एनआरएनए लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु समेत सहभागी थिए ।
उता कविता प्रतियोगितामा प्रगति सापकोटा प्रथम, कृति कडेंल द्वितीय र जस्टिना सुवेदी तृतीय भइ पुरस्कृत भए ।
पुरस्कार बितरण अगाडि अप्रतियोगी खुला कविता, मुक्तक, गजल वाचन समेत गरिएको थियो ।

प्रतियोगिता र सहभागी सोचेभन्दा भब्य भएको अनेसास पोर्तुगलका अध्यक्ष वाइबी गुरुङले प्रतिक्रिया दिए भने बालबालिकाहरुकालागि नेपाली नारी समाज पोर्तुगलले यस्ताखाले सृजनात्मक कामहरुलाई निरन्तरता दिइने बताइन् ।

यसैबीच नेपाली बालबालिकाहरुकालागि प्रत्येक हप्ताको शनिबार र आइतबार नेपाली, अग्रेजी र गणितको भाषा कक्षा पनि संचालनमा ल्याइएको र कक्षा संचालनकालागि शिक्षक शिक्षिकाकोरूपमा बाबुराम भुषाल र भगवती घिमिरे तोकिएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
















