
एजेन्सी । फिल्म ‘सञ्जु’मा नरगिस दत्तको भुमिकामा काम गरेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला नेटफ्लिक्सको शर्ट फिल्म ‘लष्ट स्टोरीज’को आफ्नो बोल्ड अवतारका कारण चर्चामा छन् । रिलेशनशिप र एक्ट्रा म्यारिटल अफेयरको कथामा बनेको यो शर्ट फिल्ममा मनिषाले रीनाको भुमिकामा अभिनय गरेकी छन् ।
यस फिल्मको एउटा सिनमा मनिषालाई स्वीमसुटमा देखाइएको छ । ४७ वर्षिय मनिषाले अनस्क्रीन स्वीमसुट लगाउनुको पछाडि आफ्नो भनाई रखेकी छन् । यस उमेरमा आएर पनि अनस्त्रीन स्वीमसुट किन लगाएकी भन्ने प्रश्नमा मनिषाले भनेकी छन्, ‘‘यो आइडिया दिवाकर बनर्जीको थियो । उनले मलाई एउटा सिनमा स्वीमसुटमा लगाउनु भनेका थिए । यो कुरा सुनेर मेरो रियाक्शन थियो, किन ? मैले आफ्नो जवानीमै स्वीमसुट लगाएकी छै । तर दिवाकर बनर्जीले यस्तो ड्रेस लगाउन आग्रह गरिरहे । उनले भने, अहिलेसम्म दर्शकहरुले यस्तौ ड्रेसमा कहिल्यै पनि देखेका छैनन् । यो एउटा सिन दिएर हेर्नुहोस् यसको खास कारण ।’’
त्यसपछि मनिषाले भनेकी छन्, ‘यो फिल्ममा पहिले रीनाको भुमिकामा काम गर्न असमर्थ थिए, तर निर्देशक मैले निर्देशक माथि पूरै विश्वास राखे ।’ एउटा कलाकार भइसकेपछि सबै प्रकारको भुमिका निभाउन सक्नुपर्ने मनिषाले बताएकी छन् ।
मनिषाले आफ्नो बलिउड कमब्याकको कुरामा यस्तो भनेकी छन्, ‘बलिउडमा कमब्याक गर्न मलाई धेरै खुसी लाग्छ, किनभने अहिले सबै फिल्महरु बद्लीसकेका छन् ।’ यदि कुनै मिडलएजको लागि कुनै शान्दार र ग्ल्यामरसको रोल लेखिएमा र मलाई अफर गरिएमा आफुले बलिउडमा काम गर्ने बताएकी छन् ।
















