बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पु¥याउन पर्याप्त भयो ।

सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।
बेल्जियमलाई फ्रान्सले खेलको दोश्रो हाफमा ५१ औं मिनेटमा गोल गरेको हो।
फ्रान्सका लागि सो गोल स्यामुयल उमटिटीले गरेका थिए। उनले हेडमार्फत सो विजयी गोल गरेका हुन्।
बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो।
फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।
















