एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलार्इ र्इटालीयन क्लब युभेन्टसले ९९.२ मिलियन पाउण्डमा अनुबंन्ध गरेको छ । रोनाल्डोलाई युभेन्टसले रियलसँग सो मुल्य बरमबरमा किनेको हो ।

यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगो फुटबल खेलाडी बन्ने बाटो खुलेको हो । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न आग्रह गरेँ ।’
बार्सिलोनाबाट नेइमार तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो । नेइमारलाई २०० मिलियन पाउण्ड तथा एम्बाप्पेलाई १६६ मिलियन पाउण्ड तिरेरे पीएसजीले क्लबमा भित्र्याएको थियो । त्यस्तै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई भित्र्याउँदा लिभरपुललाई १४२ मिलियन पाउण्ड तिरेको थियो ।
रोनाल्डोकाे भावनात्मक पत्र
क्रिष्टियानो रोनाल्डो –
रियल मड्रिडमा बिताएका यी वर्षहरु र यो शहर मड्रिड, सम्भवतः मेरो जीवनका सबै भन्दा उल्लासपूर्ण अध्याय हो । मसँग यो क्लबप्रति असीमित कृतज्ञता र आभार छ, माया गर्ने समर्थक अनि शहरप्रति पनि आभारी छु ।
मलाई दिनु भएको माया, स्नेह र सद्भावका लागि मैले दिन सक्ने भनेको धन्यबाद मात्रै हो । मैले धेरै पाएको छु यहाँबाट र यो शहर तथा क्लबलाई माया गर्नेहरुबाट ।
यी ९ वर्ष सबै अर्थले पूर्ण र उत्कृष्ट वर्षहरु रहे । रहेक वर्ष फरक रहे र हरेक वर्ष उत्साह थपिँदै गयो । यो मेरा लागि निकै भावनात्मक समय हो र विभिन्न विचारहरु छन् ।
किनकी रियल मड्रिडले मबाट धेरै निकाल्यो, तर मलाई यो कुरा राम्रोसँग थाहा लागेको छ कि यहाँ मैले फुटबलमा बाँचेको छु र फुटबलमै रमाएको छु, यसलाई कहिले बिर्सने छैन । यहाँ फुटबल पूर्ण फरक तरिकाले बाँच्न र रमाउन पाएँ ।
मैले मैदान र ड्रेसिङ्ग रुम सबै ठाउँमा यस्ता साथी पाएँ जसले जीवित बनाए । समर्थहरुको स्नेहको न्यानो महसुश गरेँ ।
हामीले सँगै तीन वर्ष लगातार र पाँच वर्षमा पाँचपटक च्याम्पियन्स लिगको उपाधि जित्यौँ । योसँगै मैले यहिँ रहँदा व्यक्तिगत रुपमा चार पटक बालोन डी’ओर तथा तीन पटक गोल्डेन बुट जितेँ । यो सबै यहिँबाट सम्भव भएको हो, रियल मड्रिड जहिले उत्कृष्ट क्लब रहनेछ ।
मेरो मन जितेको क्लब हो रियल मड्रिड र यो मेरो परिवार जस्तै हो । त्यसैले हो अरु सबै कुरा छोडेर म धन्यबाद भन्न चाहन्छुः क्लबलाई धन्यबाद, अध्यक्ष, निर्देशकहरु, मेरा साथीहरु, सबै प्रशिक्षकहरु, डाक्टरहरु, फिजियोथेरापिस्ट, उत्कृष्ट कामदारहरु जसले क्लबका सबै कुरा सम्भव बनाए, सबै सबैलाई धन्यबाद ।
मैले धेरै कुरा सम्झिरहेको छु र नयाँ समय सुरु हुने क्षण आएको छ भन्ने पनि थाहा छ । मैले क्लब छोड्दै छु तर यो जर्सी, यो झोला र रंगशाला (सान्टियागो बर्नाबेउ) जहिले महसुस गरिरहने छु र जहाँ गए पनि यो सबै मैसँग हुनेछ र यी सबै मेरा हुन् ।
सबैलाई धन्यबाद, र पक्कै पनि ९ वर्षअघि हाम्रो रंगशालामा भनेजस्तै : हाला मड्रिड !
















