नवाज शरीफ पुग्नुअघि शक्तिशाली विस्फोट, वरिष्ठ नेतासहित चारजना मारिए


विस्फोटपछि उद्धारमा जुटेका सुरक्षाकर्मी र स्थानीयबासी । तस्बिर: डन

इस्लामावाद: पाकिस्‍तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमको गिरफ्तारीको केही घण्टाअघि भएको एक विस्फोटमा इस्लामिस्ट पार्टीका वरिष्ठ नेतासमेत ४ जना मारिएका छन् ।

जानकारी अनुसार बजिरिस्तानको बन्नु जिल्लामा यो विस्फोट भएको हो । यस विस्फोटमा १० जना घाइते भएका छन् । घाइतेमा खैबर पख्तूनख्वा प्रान्तका पूर्वमुख्‍यमन्त्री र जमियत उलेमा ए इस्लाम फजलका नेता अकरम दुर्रानी पनि छन् । घाइतेहरुलाई अस्पतालमा भर्ती गरिएको छ। केही घाइतेको अवस्था गम्भीर छ ।

समाचार अनुसार जहाँ विस्फोट भएको थियो त्यहाँबाट केही मिटर दुरीमा पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का इमरान चुनावी र्‍याली गरिरहेका थिए । यस विस्फोटबाट दुर्रानीलाई सामान्य चोट लागेको छ।

भ्रष्टाचारको मामिलामा दोषी ठहर पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ शुक्रवार साँझ पाकिस्तान फिर्दैछन् । नवाज र उनकी छोरी मरियमलाई गिरफ्तार गरेर लाहौर लगिनेछ । नवाजको फिर्तीलाई ध्यान दिँदै पाकिस्‍तानमा सुरक्षा व्‍यवस्‍था पनि कडा बनाइएको छ। तर कडा सुरक्षाबीच विस्फोट भएपछि सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार