म्याड्रीड,स्पेन।

युरोपका विभिन्न शहरमा प्रदर्शनीको तयारीमा रहेको नेपाली चलचित्र कोहलपुर एक्सप्रेस जुलाई २२ म्याड्रीडमा प्रदर्शनीको तयारीमा रहेको छ।
आफ्नो नयाँ चलचित्र कोहलपुर एक्सप्रेस लिइ म्याड्रीड आउन लागेकी अभिनेत्री तथा निर्मात्री केकि अधिकारी माझ दर्शकहरुले हलमा बसि चलचित्रको भरपुर मनोरञ्जन लिन पाउँने भएका छन।
जुलाई २१ वार्सा पोल्याण्ड,जुलाई २८ कोपनहेगन डेनमार्क,२९ जुलाई लिस्वोन पोर्चुगल हुँदै २२ जुलाई स्पेनस्थित म्याड्रीड शहरमा उक्त चलचित्र प्रदर्शन गरिन लागेको हो।
अधिकारीको उक्त चलचित्र कोहलपुर एक्सप्रेस स्पेनका लागि सारा इभेन्टस एण्ड इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।
विगत केहि वर्ष देखि सामाजिक सेवा तथा चलचित्र वितरकको रूपमा सक्रिय रहेका म्याड्रीड निवासी तथा युवा समाजसेवी मेघनाथ ढकालको पहलमा उक्त चलचित्र म्याड्रीड आउँन लागेको हो।
हालको दिनहरूमा म्याड्रीडमा नेपाली समुदायहरुको बाक्लो चहलपहल सँगै स्पेनी बजारमा दिनप्रतिदिन नेपाली चलचित्रको माग बढ्दो छ।
युवाहरूमा नेपाली चलचित्र प्रतिको बढ्दो क्रेज,मोहको कारण नेपाली चलचित्र विकासमा केहि भएपनि सहयोग पुग्नेमा आयोजक सारा इभेन्टस एण्ड इन्टरटेनमेन्टको तर्फबाट मेघनाथ ढकालले हौसला मिलेको बताए।
















