
काठमाडौँ । भइरहेको विश्वकप फुबटल– २०१८ को फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले ४ गोल गरेको छ । खेलको २८ औं मिनेटमा क्रोएसियाले गोल फर्काए सँगै बराबरीमा चलिरहेको खेलमा क्रोएसियाको खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्न सपःल र पुन खेलको ६० औं र ६५ अाै मिनेटमा पाएको सुनौलो अवसरलाई फ्रान्सले गोल गरेपछि फ्रान्सले क्रोएसिया सँग ४-२ गोलअन्तर बनाएको हो। यअघि खेलको १८ औं मिनेटमा क्रोएसियाले आत्माघाति गोल गरेपनि क्रोएसियाले खेलको २८ औं मिनेटमा उत्कृष्ट गोल गरेर बराबरीमा ल्याएको थियो ।
रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रीएका छन् ।
उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा छ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो ।
सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।
















