
काठमाडौं । सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।आईतवार सम्पन्न फाईनल खेलमा सहभागी खेलाडिको हौसला बढाउन फ्रान्स तथा क्रोएसिया दुवै देशका राष्ट्रपति स्टेडियममा सामेल थिए तर यसै समयमा देखिएको एक दृश्य हाल सर्बाधिक चर्चाको विषय बन्न पुगेको छ ।
जव खेलाडिलाई पुरस्कार बाँड्ने तयारी गरिंदैथियोे झमझम पानी पर्न थाल्यो यसैबिच रुसी अफिसरहरुले एक ठूलो छाता ल्याए र पुटिनलाई ओढाईदिए तर फ्रांस र क्रोएशियाका राष्ट्रपतिलाई छाता ओढाईएन उनीहरु पानीमा भिजिरहे ।

विश्वकप सम्पन्न भयो तर सोशल मीडियामा रसियाका राष्ट्रपति पुटिनको छाताको विषयलाई लिएर अनेकौ टिप्पणी शुरु भएको छ । सामाजीक संजालमा धेरै जसोले क्रोएशियाकी राष्ट्रपति कोलिन्दा एक महिला भिज्दा पनि उनलाई छाता नदिईएको र भिजिरहेकी कोलिन्दालाई पुटिनको छाता दिनपर्ने थियो सो कुरा राष्ट्रपतिले ख्याल नगरेको भनिएको छ ।त्यस्तै कतिपयले एकछिनपछी केहि छाताहरु ल्याईएको तर ति छाताहरु पुटिनको भन्दा निकै साना भएको र यसले पुटिनले पाहुनाप्रति सहिे सम्मान गर्न नसकेको तर्कहरु गरीएको छ ।
















