आन्तरिक शरणार्थी भएका लुका मोड्रिच बने यो विश्वकपका सर्वोत्कृष्ट खेलाडी


मस्को – क्रोएसियाका कप्तान लुका मोडरिच विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्।

१९९१ स्वतन्त्र राष्ट्र बनेको क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनल पुर्याउन प्रेरणादायी भूमिका खेलेका मोडरिचले प्रतियोगितामा २ गोल गरेका थिए । उनले समूह चरणको पहिलो खेलमा नाइजेरियाविरुद्ध र दोस्रो खेलमा अर्जेन्टिनाविरुद्ध समान १÷१ गोल गरेका थिए।

रियाल मड्रिडका मिडफिल्डर मोडरिचले अन्तिम १६ मा डेनमार्कविरुद्ध अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा गोल गर्न चुके पनि पेनाल्टी सुटआउटको पहिलो प्रहार गोलमा परिणत गरेका थिए।

त्यस्तै फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले प्रतियोगिताको युवा खेलाडीको अवार्ड जिते । क्रोएसियाविरुद्धको फाइनलमा टोलीका लागि तेस्रो गोल गरेका एमबाप्पेले समूह चरणमा पेरूविरुद्ध एक गोल गरेका थिए । उनले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाउने क्रममा महत्वपूर्ण २ गोल गरेका थिए । उनले प्रतियोगितामा कुल ४ गोल गरे।

इङ्ल्यान्डका कप्तान ह्यारी केनले उच्च गोलकर्ताको पुरस्कार पाए । प्रतियोगितामा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् । केनले समूहचरणको पहिलो खेलमा ट्युनिसयाविरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्धको दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका थिए।

त्यस्तै अन्तिम १६ मा कोलम्बियाविरुद्ध पनि उनले १ गोल गर्न भ्याएका थिए । त्यस्तै बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु,पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यान तथा रूसका मिडफिल्डर डेनिस चेरीसेभले समाान ४÷४ गोल गर्दा खेलमा गोल गरेका थिए।

यता बेल्जियमका गोलकिपर थियाबाउट कोर्टोइसले गोल्डन ग्लोभ्स पाए । कोर्टोइसले समूहचरणमा मात्र २ गोल खाएका थिए । बेल्जियम १६ गोलका साथ प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली बन्दा कोर्टोइसले ७ खेलमा ६ गोल मात्र खाएका थिए।

Presidential College

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार