फ्राइडे रिलिजमा तीन नेपाली फिल्म


काठमाण्डौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार प्रदर्शनमा तीन नेपाली फिल्म भैरे, चक्कर र पण्डित बाजेको लौरी प्रदर्शनमा आएका छन्।

भैरेमा अभिनेता दया हाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी र बुद्दी तामाङको मुख्य अभिनय छ। नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा कमेडी, एक्सन र रोमान्स समेटिएका छन्। एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्।

फिल्ममा कविराज गहतराज,बसन्त श्रेष्ठ, रामजी लामिछानेको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटा, यम बराल, अर्जुन पोखरेलको संगीत, सुर्य थोकरको एक्सन र वनिष शाहको सम्पादन रहेको छ।

त्यसैगरी, दीपक ओली निर्देशित पण्डित बाजेको लौरीमा भने पश्चिम नेपालको बादी समुदायको पेसा, सामाजिक अवस्था र अस्तित्वको संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्ममा प्रवीण खतिवडा, सन्ध्या केसी, भोला सापकोटा, विजय बराल, लोकेन्द्र लेखक, मरिश्का पोखरेल, प्रमोद अग्रहरीलगायत कलाकारले अभिनय गरेका छन् । थमन भण्डारी र किशोर खड्का निर्माता रहेको फिल्मको बुधबार एफक्यू सिनेमामा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले तारिफ पाएको छ ।

फिल्म चक्करमा भने कलाकारहरु सिर्जना सुब्बा, अर्पण थापा, अभोनराज उप्रेती, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेल लगायतको अभिनय छ। अनुष्का रौनियारको निर्देशन तथा लेखनमा फिल्म बनेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार