काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा अभिनित ‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । भाद्र १ गतेबाट देशव्यापी प्रदर्शन आउन लागेको फिल्म ‘ब्ल्याक’ को ‘तिम्रो लागि…’ बोलको गीत सार्वजानिक भएको हो ।
सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको छ । गीतको भिडियोमा आकाश र आँचलको अभिनया रहेको छ ।
प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।
















