केन्याको ‘स्ट्रिप क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिप क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको क्यापीटल न्युजले समाचार प्रकाशन गरेको छ।

अपराध अनुसन्धान निर्देशनालयले ट्विट गर्दै मानव बेचविखन तथा बालबालिकाको सुरक्षा सम्वन्धि युनिटले गत राती नैरोवीका मोजितो रोड, वेस्टल्यान्डका दुई क्लबबाट २१ जना नेपाली महिलालाई उद्दार गरेको जनाएको छ।

उनीहरु कसरी नैरोवी आइपुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको निर्देशनालयले जनाएको छ। ‘उनीहरु वैधानिकरुपमा यहाँ आएका हुन् भने मुक्त गरिने छ। तर अवैधरुपमा बसेका रहेछन् भने एजेन्सीलाई नेपाल फर्काउन भनिने छ’, अनुसन्धान गरिरहेका अधिकारीको भनाई उदृत गर्दै क्यापिटल न्युजले लेखेको छ।

२१ नेपालीलाई उद्दार गरिएको घटनाको विषयमा नागरिकले इमेलमा गरेको प्रश्नमा सुरक्षाको कारण देखाउँदै केन्याको अपराध अनुसन्धान निर्देशनालयले थप जानकारी दिन नमिल्ने बतायो। ‘सुरक्षाको कारणले हामीले उनीहरुको उद्वार गरेको बाहेक अन्य कुरा खुलाउन सक्दैनौ। थप जानकारीको लागि नेपाली दूतावासमा सम्पर्क गर्नु होला’, निर्देशनालयले भन्यो।

‘उनीहरुलाई उद्दार गरेको सत्य हो। हामी सम्वन्धित ठाउँमा पुगिसकेका छौं र घटनाको कारण के हो बुझ्ने प्रयास गरिरहेका छौं। यो प्रहरीले गर्ने सामान्य प्रकृतिको छापा भएको बुझिएको छ’, केन्या स्थित नेपालका अवैतनिक बाणिज्यदूत जिम्मी अस्करलाई उदृत गर्दै गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले भने।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार