र्दशकको रोजाइमा ‘रामकहानी’ जोडी आकाश र पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडीलाई र्दशकले अत्याधिक रुचाएका छन् । प्रेमगीतबाट दर्शक माझ लोक प्रिय बनेकी पूजा पछिल्लो समय पनि सबैको मन मुटुमा बस्न सफल भएकी छन्। त्यसैगरी आकाश पनि पछिल्लो समय एका एक चर्चामा छन् ।

पूजाको निर्माणमा रहेको दोस्रो फिल्म ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । तर फिल्म प्रदर्शन हुनुभन्दा अगावै ‘रामकाहानी’ ले धेरै दर्शकहरुलाई आफुतिर तानिसकेको छ । यसको पछाडि आकाश र पूजाको जोडीको देन छ । सुदर्शन थापाको निर्देशमा रहेको यो फिल्ममा माग्ने बुढा नामले चर्चित केदार घिमिरे,र तक्मे बुढा यानकी विल्सन विक्रम राई लगाएतको चर्चित हास्यकलाकारहरु आबद्ध छन् । जसले गर्दा पनि फिल्मलाई दर्शकले रुचाउने अनुमान लगाउन सकिन्छ । फिल्मको पहिलो गीत ‘तिम्रो लागि म’ सार्वजानिक भएपछि भिडियोलाई दर्शकले धेरै रुचाइएको छ ।

पुजा र आकाशको जोडि मज्जाले जमिरहेको छ । दुबै जनाको धेरै कुराहरु मिल्न जान्छ । राशिफल मिथुन रहेको पूजा र आकाश दुबैको मन पर्ने घरपालुवा जनावर कुकुर हो । त्यसैगरी पूजाको पहिलो सपना एयरहोस्टेज बन्ने र आकाशको पाइलट । पूजा एक्ली छोरी आकाश पनि एक्लो छोरा यी कुराहरु मिल्नुमा पनि उनीहरुको जोडी र साथीको सम्बन्ध राम्रो बनेको हो भन्न सकिन्छ । अन्तरवार्ताहरूमा पूजा र आकाश एक अर्काको तारिफ गरेर थाक्दैनन् ।

आकाश जस्तो को–एक्टर पाएकोमा पूजा निकै खुसी भएको बताउछिन् । अकाश पनि पूजाबाट कहिले टाढाँ नरहने भन्दै उनीहरुबीचको सम्बन्धलाई जोगाइ राख्ने बताउछन् । ‘रामकाहानी’ ले जादुको छडि नै चलाएको छ । यो भन्दा अगाडिको समय पूजा शर्मालाई मन नपराउने दर्शक पनि यतिखेरा मन पराउने भएका छन् । पूजा र आकाशको जति चर्चा गरेपनि नसकिने भएको छ । उनीहरु दुईबीच घनिष्ठ मित्रताको सम्बन्ध बनेको छ । हरेक दिन युट्युबमा दर्शकहरु पुजा र आकाशलाई साथमा देख्ने चाहाना राख्छन् । कतिपयले उनीहरुलाई कम्मेनट मार्फत विबाह गर्न सुझाप दिने गरेका छन्।

शनिबार मात्रै ‘रामकहानी’को प्रचार प्रसारको लागि आकाशले पूजासँग फोटोशुट गरेका छन् । उनीहरुले सिनेमाको पोस्टरको लागि राम र सीता बनेर फोटोशुट गरेका हुन्। पूजा र आकाशको सम्बन्ध एकदम गाढा हुदै गएको छ । यति सम्म की रामकाहानीको सुटिङ सकिने दिन नजिकीदै गर्दा पुजाको गह भरी आँसु भएको थियो । फिल्म ‘रामकहानी’ मा आकाश रामको भूमिकामा प्रस्तुत भएका छन् भने पूजा मायाको भूमिकामा प्रस्तुत भएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार