रोनाल्डोसँगै पल पोग्बा पनि युभेन्टस जाने


काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्वा पूर्व क्लब युभेन्टसमा फर्कन लागेका छन् । २५ वर्षे पोग्बाले उत्कृष्ट प्रदर्शनगर्दै फ्रान्सलाई रुसमा भर्खरै सम्पन्न विश्वकप जिताउन मदत गरेका थिए ।

टुटो स्पोर्ट्सका अनुसार पोग्बाले हालै राष्ट्रिय टोलीका केहि सहकर्मीसँग आफ्नो पूर्व क्लव इटालिएन युभेन्ट्स जाने इच्छा व्यक्त गरेका थिए ।स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टसमा अनुबन्धित भएपछि उनी पनि सोही क्लबमा फर्कन लागेको समाचार सार्वजनिक भएको छ ।युनाइटेडमा प्रशिक्षक जोसे माउरिन्होसँगको खराब सम्बन्धका कारण उनले क्लब छोड्न चोहेको पनि जनाएको छ ।

विश्व विजेता पोग्बा अहिले छुट्टीमा रहेका छन् । पोग्बा युभेन्टस फर्कन चाहानुमा रोनाल्डोको प्रभाव भएको बताइन्छ । र, उनले रोनाल्डोसँगै एक पटक युभेन्टसबाट खेल्ने इच्छा व्यक्त गरेका छन् । उनी २०१६ मा युभेन्टसबाट ११४ मिलियन यूरोमा युनाइटेड गएका थिए । केही समय अघि उनलाई बार्सिलोना अनुबन्ध गर्न चासो देखाएको खबर सार्वजनिक भएको थियो । तर, बार्सिलोनको त्यो प्रयास सफल हुन नसकेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार