
पोर्चुगल\फुर्बान रायमाझी।
यसपालीको हरितालिका तीज नजिकिदै गर्दा युरोपमा छायांकन गरिएको तीजको गीत चर्चा सार्वजनिक भएको छ।

बैदेशिक रोजगारीको शिलशिलामा युरोपमा रहेर पनि नेपाली गीत,सँगीत र संस्कृतिको संबर्द्धन र प्रबर्धनमा लागिरहेका युवा सर्जक शम्भु सिलवाल र चर्चित गायिका पूर्णकला बिसीको आवाजमा सजिएको उक्त गीत हमाल म्युजिकको प्रस्तुतीमा म्युजिक नेपालले युट्युवमार्फत सार्वजनिक गरेको हो।

गायक सिलवालले निर्देशन गरेको भिडियोमा बिनोद मगर र अन्जु श्रेष्ठ संगै पोर्चुगलमा भएका दिदीबहिनीहरु छमछमी नाँचेका छन।सुर्य खड्काको संगीत रहेको गीतका शब्द सिलवाल कै छन भने गीतको प्रस्तुतकर्ता संगीता थापा हुन।

गीतमा प्रेमीप्रेमिकाले एकअर्काको रुप र गुणको चर्चा गर्दै दर्शक र श्रोताहरुलाई मनोरञ्जन दिन सफल भएका छन।चर्चाको यतिबेला चर्चा चुलिएको छ।
भिडियो :
















