नेपाल परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडिएर रेन्डेर्सको द्विपक्षीय भेट: बेल्जियमले नेपाललाई निरन्तर सहयोग गर्ने !

बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको छ । द्विपक्षीय तथा युरोपेली संघमार्फत नेपाललाई त्यस्तो सहयोग उपलब्ध गराउने जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली २ दिनको पोर्तुगल बसाइमा २५ जुलाइमा पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

२ दिनको पोर्तुगल बसाइ पछि आज जुलाई २६ का दिन बेल्जियमको भ्रमणमा रहनुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज ब्रसेल्समा भएको द्विपक्षीय भेटमा त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडिएर रेन्डेर्सले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई देशका विदेशमन्त्रीबीच भएको भेटमा लगानी तथा व्यापार, पर्यटन प्रवद्र्धन र जनस्तर बीचको सम्पर्क विस्तारमा जोड दिइएको थियो । उहाँहरुले नेपाल, बेल्जियम–परामर्श संयन्त्र स्थपना भएकामा प्रशन्नता व्यक्त गर्दै त्यसलाई थप प्रभावकारी माध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा मन्त्री ज्ञवालीले नेपाललाई अल्पविकसित राष्ट्रका रुपमा सहयोग गर्दै आएकामा आभार व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेको आर्थिक विकासका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार