‘झमकबहादुर’ को ‘मृग नयनी तिम्रो आखाँमा’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । श्रावण १८ गते देखी नेपालभर प्रर्दशन हुन लागेको फिल्म ‘झमकबहादुर’ को युटुयुव मार्फत ‘मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा नायक मिन कुमार तामाङ र नायिका सुजाता थापाले फिचरिङ गरेका छन् । गीतमा मेलिना राई र ओम सुनारको स्वर रहेको छ, भने तीर्थ दामली टुप्पीको शब्द रहेको छ । जीवन थापाको नृत्य निर्देशन रहेको यस गीतलाई चितवन, पोखरा र काठमाडौं लगाएतको ठाँउमा छायाङकन गरिएको छ ।

यो फिल्ममा अनुप बिक्रम शाही, यादब देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका रहेको छ । पवन गौतमको छायाङकन, अनिल मर्हजनको सम्पादन, राजु किराँत राई को द्बन्द्ब रहेको यो फिल्मलाई मिन कुमार तामाङले निर्माण गरेका हुन् ।

सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । फिल्मलाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार