आज जसस पोर्तुगलको इतिहासमै पहिलो निर्वाचन – जित उसैको , जसले हैकमवाद बिरुद्ध धावा बोले, सिन्डिकेट तोडे, संस्कार बसाले र नयाँ इतिहास रचे !

पोर्तुगलको इतिहासमा जनसम्पर्क समितिको निर्वाचन आज पहिलोपटक हुदैछ। आजका मितिसम्म राजकुमार गौतम आफ्नो अडानमा अडिग हुन्थेनन् भने पोर्तुगलका कांग्रेसहरुले सधै सत्ता र शक्ति आफ्नो मुठीमा राख्न चाहने लोकतन्त्रका राजाहरु र जनसम्पर्क समितिलाई “डनसम्पर्क”बनाई सधै आफ्नो मात्रै प्रभुत्व जमाउन खोज्नेको गुटबाट अलग गर्न सक्ने थिएनन्। एकल व्यक्ति , परिवार र गुटबाट मुक्त गरेर २३०० लोकतन्त्रप्रेमी कांग्रेसीहरुको जनसम्पर्क बनाउने सम्पूर्ण श्रेय राजकुमार गौतमलाई जान्छ , जसले अन्तिम समयसम्म निर्वाचनद्वारा नेतृत्वचयन हुनुपर्ने अडानमा अडिग रहे, यो उनको नैतिक जित पनि हो।

नेपालबाट बिशेष अतिथिका रुपमा बोलाईएका नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीद्वारा अघिल्लो आइतबार उद्घाटन गरेको नेजससको पाचौं अधिबेशन सम्पन्न हुदा पनि नयाँ नेतृत्व चयन हुन नसक्नु आफैमा लज्जास्पद थियो। निधिले आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेललाई निर्वाचन गर्ने जिम्मा दिएर नेपाल फर्किएका थिए । उनैको पहलमाआज जुलाई २९ तारिख आइतबार निर्वाचन सम्पन्न हुदैछ ।

राजनीतिमा आदर्शका भाषणले काम गर्दैनन् , कान मात्रै पबित्र हुन्छन, जसले आफै उदाहरण बनेर प्रस्तुत हुन्छन , तिनैले इतिहास रच्छन। सधै जित्नेको मात्रै इतिहास लेखिदैन, कहिलेकाही हार्नेको वा संस्कार खडा गर्नेको समेत इतिहास रचिन्छ। अन्तिम अवस्थासम्म पद नछोड्ने र आफ्नो गुटको शक्ति क्षिण भएको महशुस भएपछि सहमतिका लागि मैले पद छोडे र फलानालाई मेरो समर्थन छ भन्नु ” शिकार खान निस्केको बाघले सिनो खानु झैँ हो। ”

यसअघि अध्यक्षमा तीनजना उम्मेद्बारी परेकोमा संस्थापक अध्यक्ष पुर्ण हमालका बिशेष पहरेदार मानिएका सुशील शर्मा गैरेले सहमति र सहकार्यकालागि भन्दै उम्मेदवारी फिर्ता गरेका छन् । तर यथार्थमा पोर्तुगलको काँग्रेसमा एकलौटी हैकम जमाउँदै आएका हमालको अलोकप्रिय गतिविधिका कारण गैरे हार्ने निश्चित देखिएकोले उम्मेदवारी फिर्ता लिएको बिशेष श्रोतको दावी छ। संस्थापक अध्यक्ष पुर्ण हमालको गुट अन्तर्गत सुशील गैरेले शुरुकै दिनहरुमा उम्मेदवारी फिर्ता गरेका भए प्रशंसाका पात्र कहलिन्थे , उनको महानता भनिन्थ्यो , निर्वाचनको एघारौ पलमा आएर सहमतिका लागि उम्मेदवारी फिर्ता लिनु भनेको हार स्वीकार गर्नु हो , यो कुनै महानता होइन, यो पार्टी र समाजका लागि त्याग हुदै होइन, शक्ति क्षीण भएको महशुस गर्दै आफ्नो कमजोरीलाई ” सहमति” हवाला दिनु भनेको अहमता परित्याग गर्नु हो, आत्मसमर्पण गर्नु हो ।

जसस पोर्तुगलका कांग्रेसीहरुको एक जमात हमालको हुकुमी प्रबृत्तिबाट आजित भईसकेका छन् र जसस पोर्तुगललाई हैकमवाद र टिकेप्रथाबाट मुक्ति दिलाएर प्रजातान्त्रिक र लोकतान्त्रिक पद्धतिमा लैजान चाहन्छन। अध्यक्षको पदमा आफ्नो हार निश्चित भएपछि र शक्ति गुमाएपछि त्यसपछिका उपाध्यक्ष पदमा रमेश कंडेल र ओकिल केसी र महामन्त्री पदमा पुरुषोत्तम सुबेदी ( दामोदर) नै हुनुपर्ने बटमलाईन राख्यो हमाल समुहले, तर त्यहाँ पनि निर्वाचन हुने देखिएपछि हमाल समुह डगमगाएको छ र हमाल समुहका अधिकांस उम्मेदवारहरु बढारिने मतदाताहरु बताउछन।

 

जन-सम्पर्क समिति पोर्तुगलको अध्यक्ष पदका दुई दाबेदार राज कुमार गौतम र बिनोद घिमिरेका साथै समीक्षक तथा नेता शिव अधिकारीसंग मनोज भट्टराईले गर्नुभएको विशेष बहस :

https://www.facebook.com/lensartmediaofficial/videos/1794206043991186/

अध्यक्षका प्रत्यासी स्वच्छ छवि भएका बिनोद घिमिरेलाई हमाल समुहका खास पहरेदार मानिएका गैरेले निर्वाचनको एक दिन अगाडिमात्रै उम्मेदवारी फिर्ता गरी खुलेयाम समर्थन गरेकोले र अध्यक्षका प्रवल दाबेदार मानिएका घिमिरेले पनि सामाजिक संजाल मार्फत हमालका खास मान्छे मानिएका गैरेको आफुलाई समर्थन रहेको बताएपछि फेरीपनि सिन्डिकेटकै अवस्था सिर्जना हुने भन्दै स्थिति उल्टिएको बुझिएको छ। इतिहासमै पहिलोपटक निर्वाचन हुनु र आफ्ना प्रतिनिधिहरु आफै मतदान प्रक्रियाबाट चयन गर्न पाउने भएकोले र हमाल गुटसंग बर्षौदेखि चिडीएका बहुसंख्यक कांग्रेसीहरुले हमाल गुट पुरै बढाएर लैजाने स्थिति देखिएको जानकारहरु बताउछन।

निर्वाचनको परिणाम के होला ? त्यो हेर्न अब एक दिन मात्रै बाँकी छ, तर हमाल गुटको समर्थन अन्तिम समयमा आएर अध्यक्ष पदका उम्मेदवार घिमिरेलाई हुदा उनले उल्टै घाटा भएको र गौतमलाई प्रतक्ष्य फाइदा पुगेको र मतपरिणाम गौतमको पक्षमा हुने जानकारहरु बताउछन। निर्वाचनको मतपत्रको नमुना यस्तो छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार