
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ ।
क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा हुने खेलमा आज साँझ एमसीसीसँग खेल्नेछ भने साढे १० बजे नेदरल्याण्ड्ससँग खेल्दैछ । त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एमसीसीबीचको खेल हुनेछ । एमसीसीको कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् । मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्रा्ष्ट्रिय टी–२० मान्यता दिएको छ । दुवै टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीहरु हुन् ।
यसअघि, एक साताअघि इंग्ल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले त्यहाँको स्थानीय क्लवहरसँग दुई एशदिवशीय र दुई टी–२० अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवशीय सिरिज खेल्नेछ ।
















