जनसम्पर्क समिति पोर्तुगलमा तोडियो सिन्डिकेट : घिमिरे बने पहिलो निर्वाचित अध्यक्ष

नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समिति पोर्तुगलको १२ बर्षे इतिहासमा पहिलोपटक सिन्डिकेट तोड्दै निर्वाचन प्रकृयाद्वारा बिनोद घिमिरे भारी मतले बिजयी हुँदै पहिलो निर्वाचित अध्यक्ष बनेका छन् ।

हिजो सम्पन्न चुनावको मत परिणाम निर्वाचन समितिले मतगणना पश्चात् आज बिहान मात्रै घोषणा गरेको हो । घिमिरेले ८४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजकुमार गौतमले १४३ मत मात्र प्राप्त गर्न सके । घिमिरे यस अघि समितिका महामन्त्री र गौतम सल्लाहकार थिए ।


यसैगरी समितिको महामन्त्रीमा पुरुषोत्तम सुबेदी (दामोदर) ६२२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी जयभद्र सापकोटा ३२५ मतमा नै सिमित भए ।

निर्वाचित तीन उपाध्यक्षमा वकिल केसी (६८५), नवीन आचार्य (४०९) र रमेश कडेल (४०६) रहेका छन् । सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष लगायत सदस्यहरु यस अघि नै निर्बिरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जानकारी दिएका छन् ।
फोटो : शम्भु सिलवाल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार