
अाजभाेली बलिउड नायिका प्रियंका चाेपडा र अमेरिकी गायक निक जाेनसकाे सम्बन्ध निकै नै चर्चामा रहेकाे छ । उनीहरूले गत जुलाई १८ तारिखमा इन्गेजमेन्ट गरेकाे खबर पनि सार्वजनिक भएकाे छ ।
ताजा जानकारी अनुसार दुबैको विवाह निकको जन्मदिन अर्थात् सेप्टेम्बर १६ तारिखमा हुने बताइएको छ ।
प्रियंकाकी नजिककी साथी रहेकी बेलायती राजकुमारी मेगन मार्केल प्रियंका रनिककाे विवाहलार्इ लिएर निकै उत्साहित छिन् । उनले प्रयंका र निकलार्इ शुभकामना दिँदै उनीहरुलाई चाँडै नै उत्कृष्ट, सुन्दर र प्रतिभाशाली बच्चा जन्माउन सल्लाह दिएकी छिन् ।
मेगनले उनीहरूकाे तारिफ गर्दै भनेकी छिन्- ‘प्रियंका अमेजिङ पर्सनालिटी भएकी महिला हुन् र उनका लागि निक बेस्ट छन् ।’
















