रणवीर -दीपिकाले गर्ने भए इटालीको यस्तो सुन्दर ठाउँमा विहे

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्काको बिहे २०१७ डिसेम्बरमा भएको थियो।जुन बिहेको चर्चा महिनौसम्म चलिरह्यो।इटालीको ८०० बर्ष पुरानो ऐतिहासिक गाउँमा उनीहरुको विहे भएको थियो जहाँ विश्वचर्चित व्यक्तिहरु छुट्टि मनाउन आउने गर्छन् र एक रातको लागी १२ देखि १५ लाख तिर्नुपर्छ।

छिट्टै बलिउडका अर्का जोडिले रणवीर दीपिकाले पनि इटालीमै विहे गर्दैछन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम ठाउँ ‘लेक कोमा’मा उनीहरुको विहे हुने पक्का भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।धनीहरु छुट्टि मनाउन आउने यो ठाउँलाई उनीहरुले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो खुशीको पलको लागी छनौट गरेका हुन्।

आउँदो नोभेम्बर १० मा उनीहरु विवाह बन्धनमा बाधिने भएका हुन् र विहेमा यी दुवैका आफन्त,साथीहरु मात्रै सहभागी हुनेछन् र बलिउडका कसैलाई पनि निमन्त्रणा नगरिने भएको हो।

विहेपछि मुम्बईमा यो जोडिले एक भव्य रिसेप्सन पार्टि राख्नेछन् जहाँ बलिउडका सबैजसो हस्तीहरु सहभागी हुनेछन्।

रणविर र दीपिका केहिबर्ष अघिदेखि प्रेमसम्बन्धमा रहेका छन् र अहिले आएर उनीहरु सधैंको लागी एक हुने निर्णय लिएका हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार